कञ्चनपुरमा पत्रकार माथि कुटपिट, पत्रकार महासंघद्धारा भर्सना

पत्रकार मदन गिरी

धनगढी: कञ्चनपुरमा पत्रकार माथि कुटपिट भएको छ । बिहीबार आम हडतालको समाचार सङ्कलन गरिरहेको बेला पत्रकार मदन गिरीमाथि कुटपिट भएको हो ।

महेन्द्रनगर बसपार्कस्थित चम्मन पूर्व मन्त्री समेत रहेका नेकपा प्रचण्ड–माधव समूहका नेता उर्वरादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेलले कुटपिट गरेका हुन् ।पत्रकार गिरीमाथि समाचार सङ्कलन गरिरहेको अवःथामा कुटपिट भएको हो ।

हडतालका कारण अलपत्र गरेका यात्रुहरूसँग कुराकानी गरिरहेका बेला पूर्व मेयर खरेलले दुर्व्यवहार गरेको र पूर्व मन्त्री पन्तले लात्ताले प्रहार गरेको गिरीले बताएका छन् ।नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले घटना प्रति आपत्ति जनाएको छ।

आमहड्तालका कारण दुःख पाएको भन्दै गुनासो गरिरहेका पैदल यात्रीसँग कुराकानी गरिरहेका बेला आन्दोलनमा संलग्न जिम्मेवार व्यक्तिबाटै पत्रकारमाथि भएको गालीगलौज र हातपातको घटना निन्दनीय रहेको महासंघको ठहर छ । महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई कानुनी कारवाहीको माग समेत गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार