सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ २६ गतेका लागि आह्वान

सुदूरपश्चिम प्रदेशसभा
सुदूरपश्चिम प्रदेशसभा

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ २६ गते दिउँसो १  बजेका लागि आह्वान गरिएको छ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव राम सिंह धामीले प्रदेश सभाको हिउँदे अधिवेशनको तयारी भइरहेको बताए। उनले कोरोना महामारीलाई मध्यनजर गर्दै मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर सिट व्यवस्थापन गर्ने काम भइरहेको बताए।

नेकपाका सबै सासंदका लागि एकपट्टि प्रतिपक्ष दलका सांसदका लागि अर्काेपट्टि पहिलेकै जसरी सिट व्यवस्थापन भइरहेको उनले बताए। ‘दलीय हिसाबले नेकपा एउटै पार्टी छ  अलग भएका छैनन् दल विभाजन नभएकोले उनीहरु बस्ने सिट एकै हुन्छ ’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारको विस्तारमा भने ढिलाइ भइरहेको छ।

संसद विघटनपछि नेकपा प्रचण्ड- नेपाल र ओली पक्ष गरी दुई गुटमा विभाजन भएपछि ओली पक्षमा रहेका आन्तरिक मामिला तथा योजनामन्त्री झपट बोहराले मन्त्री पदबाट राजीनामा दिएका थिए।

यस्तै, भौतिक विकास पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त गरेका थिए।
त्यसपछि सरकार विस्तारको काम भने भएको छैन।

प्रदेश सरकार पूर्ण रूपमा विस्तार नभए पनि प्रदेश सभाका सांसद नेकपाकै भएकोले केही फरक नपर्ने उनले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार