डडेल्धुरा कारागारका ८८ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको खोप
प्रतिकारात्मक तस्बिर

अमरगढी : जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो ।
कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् ।

उनीहरूमध्ये पनि २४ कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए । उनले भने, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका थियौँ तर, २४ बन्दीले लगाउन मान्नुभएन, उनीहरूलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।”

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका फ्रन्टलाइनमा काम गर्ने एक हजार २० स्वास्थ्यकर्मी, कर्मचारीलाई, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएकोे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

अहिले यहाँका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । कम्तीमा पनि ६ दिनभित्रमा पहिलो चरणको खोप लगाइसकिने योजना भएपनि उक्त सात दिनका लागि थप गरिएको छ । डडेल्धुरामा कूल एक हजार ६० डोज खोप उपलब्ध भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार