बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट गर्ने दुई जना पक्राउ

चक्कु प्रहार

धनगढी : बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ८ सेलाखेतबाट फर्किरहेका बैतडीको सुर्नयाका किशोर बिष्टमाथि धारिलो हतियार देखाएर लुटपाट गर्ने सुरज श्रेष्ठ र गजेन्द्र पुरीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

विष्टबाट उनीहरुले मारिदिने धम्कीसहित मोबाईल र नगद ३,५०० रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार चैनपुर बजारबाट पक्राउ गरिएको र चोरि सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार