दार्चुलामा रगताम्य अवस्थामा पुरुषको शव फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

दार्चुला: दार्चुलामा रगताम्य अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको नौगाड गाउँपालिका–६ कपडे भीरको तल खोला किनारमा शनिबार ती पुरुषको शव फेला परेको हो।

देथला–खार–खलंगा सडकको तल खोला किनारमा फेला परेको शव पहिचान तथा घटनाको अनुसन्धानका लागि होपरीगाढ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

रगताम्य अवस्थामा शव फेला परेकाले सडकबाट भीरमा खसेको हुन सक्ने आशंका गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार