किशोरीको हत्याका दोषीलाई कारबाही गर्न देउवाको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शनिबार उनले ट्विटरमार्फत् सरकासँग बलात्कारपछि हत्या गरिएको भनिएकी भागरथीको हत्या घटना छानबिन गरेर हतयारामाथि कारबाही गर्न माग गरेका हुन्।

ट्विटरमार्फत् सभापति देउवाले भनेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

गत बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बेलुकी ५ बजेतिर स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्। परिवारजनले उनको बलात्कारपछि हत्या गरिएको आशंका गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार