भागरथीको हत्यामा संलग्नलाई कारबाही गर्न नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको माग

नेता रणबहादुर रावल

धनगढी: सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलको कार्यालयले भागरथी भट्टको हत्याको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको माग गरेको छ । दलको कार्यालयले विज्ञप्ति जारी गर्दै भट्टको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

दलको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘ कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटना भएको दुई वर्ष बढी भइसक्यो, तर नेकपाको नालायक संघीय तथा प्रदेश सरकारले अझैसम्म पनि हत्या घटनाका दोषीहरूलाई पक्राउ गर्न सकेको छैन । भट्टको हत्या घटनामा संलग्न अपराधीहरूलाई छिटोभन्दा छिटो पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसङ जोडदार माग गर्दछौँ ।’

दलका नेता रणबहादुर रावलद्वारा जारी विज्ञप्तिमा मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । दलका नेता रावलले पीडितका परिवारलाई उचित क्षतिपूर्तिका लागि पनि माग गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीका १७ वर्षीय भागरथी भट्टको बलात्कार पछि गरिएको निर्मम हत्या गरिएको थियो । स्थानीय सनातन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथी गत साता बुधवार घरबाट विद्यालय गएकोमा शुक्रवार बिहान लडाकलेको जङ्गलमा मृत अवस्थामा फेला परेकी छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार