बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु !

सडक दुर्घटना

बैतडीः २५ माघ बैतडी जिल्लाको पञ्चेश्वर गाउपालिका ०३ मा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउपालिका ०२ का ३९ वर्षीय हिक्मत साउद रहेका छन।

जिल्लाको पञ्चेश्वर गाउपालिका ०३को मड भन्ने ठाउमा सु.प्र.प ०१००१ क १५८४ नम्बरको ढुङ्गा बोकेको ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको हो ।

ढुङ्गा बोकिरहेको ट्याक्टर सडकबाट तल खसेर रुखमा ठोक्किदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक बहादुर धामीले बताउनु भयो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार