बैतडीकी १७ वर्षीय किशोरी हत्या प्रकरण: अखिल नेपाल युवक संघद्वारा दोषीलाई कारबाही गर्न माग

अखिल नेपाल युवक संघ

धनगढी: नेपाल कम्युनिष्ट पार्टी मसालको भातृ संगठन अखिल नेपाल युवक संघले बैतडीमा भएको बलात्कार पछि हत्याको घटनाका दोषीलाई तत्काल अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ।

सुदूरपश्चिम युवक संघले ४० औ स्थापना दिवसका अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशमा बढ्दै गएको चरम भ्रष्टाचार, हत्या, हिंसा र अस्थिरताका विरुद्ध सशक्त रूपमा जाने जनाएको छ।

युवक संघले बैतडी हत्या प्रकरणका दोषीलाई कारबाहीका लागि माग गर्दै सरकारलाई दबाब दिन धनगढी लगायत देशका विभिन्न स्थानमा प्रदर्शन र कोण सभा गर्ने संघका केन्द्रीय सचिव प्रशान्त थापाले बताए। उनले आइतबार काठमाडौँमा भागरथी भट्टलाई न्याय माग्दै प्रदर्शन गरिरहेका मसालका नेता तथा कार्यकर्तालाई पक्राउ गर्नु सरकारको दमन भएको भन्दै तत्काल रिहा गर्न समेत माग गरेका छन्।

यस्तै संसद् विघटनले संविधान माथि प्वाल पार्ने काम गरेको र देसलाई अस्थिरतामा लैजाने तत्त्वलाई जनताले परास्त गर्ने बेला आएको भन्दै यसका विरुद्ध आफूहरू रहेको थापाले बताए।

भागरथी भट्ट प्रकरणमा राजनैतिक हस्तक्षेप बिना निष्पक्ष छानबिन सहित चाँडो दोषीमाथि कारबाही गर्नुपर्ने अन्यथा सशक्त आन्दोलन चर्किने युवक संघका अध्यक्ष भरत अचार्यले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार