नगर बाल सञ्जाल धनगढी र शैशव मञ्च नेपालद्वारा धनगढीमा विरोध सहीत दीप प्रज्वलन

नगर बाल सञ्जाल धनगढी र शैशव मञ्च नेपालद्वारा धनगढीमा विरोध सहीत दीप प्रज्वलन

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीय भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भए सँगै विभिन्न ठाउँमा विरोध र्‍याली सहित न्यायको लागि आवाज उठिरहेको छ ।

यसै गरी आज नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म विरोध र्‍याली सँगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा र दीप प्रज्वलन गरेको‌ छ ।

बाल हिंसा अन्त्य गर, दोषीलाई कारबाही गर, भगवती न्याय दे र बालबालिका लाई सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्‍याली  मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा र दीप प्रज्वलनमा परिणत भएको छ ।

No description available.

दिनानुदिन यस्तो अपराध बढी रहँदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रूपमा उक्त र्‍याली  निकालिएको नगर बाल सञ्जालका सचिव शिशिर विश्वकर्माले जानकारी दिए उनले फेरी भने, “निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामी उक्त विरोध र्‍याली भोलि पनि निरन्तरता दिने छौँ”।

No description available.

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार