आएन महरा टोलका धारामा पानी, स्थानीयद्धारा अत्तरिया खानेपानीको कार्यालयमा तालाबन्दी

स्थानीयद्धारा अत्तरिया खानेपानीको कार्यालयमा तालाबन्दी
धनगढीः धारामा पानी नआएको भन्दै अत्तरिया खानेपानी संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर २ महरा कटानका स्थानीयले धारामा मंगलबार बिहान खानेपानी कार्यालयमा तालाबन्दी गरेका हुन । धारामा खानेपानी नआएको एक हप्ता भन्दा बढी भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै खानेपानी कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिका दत्त जोशीले भने सोमबार मोटर जलेका कारण धेरै ठाउँमा पानी बन्द भएको बताएका छन् । उनले खानेपानी सुचारु गर्ने कार्य भइरहेको समेत बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार