सम्भावित निर्वाचनको जायजा लिन आयोग पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर सम्भावित प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिएका छन् । निर्वाचन चिन्हको दावी गर्दै विवाद गरिरहेका नेकपाका दुइ समूहमध्ये एकका अध्यक्ष रहेका ओलीले आफ्नै समूह वैधानिक भएको दावी गरिरहेका छन् । तर निर्वाचन आयोगले यसबारे कुनै निर्णय दिईसकेको छैन ।

यही विवादका वीच प्रधानमन्त्री ओली मंगलबार निर्वाचन आयोग पुगेर सम्भावित निर्वाचनको तयारीबारे आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । यसअघि नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेता पनि आयोग पुगेका थिए । उनीहरु पनि निर्वाचन चिन्हकै दावी गर्दै फर्किने गरेका छन् ।

प्रधानमन्त्री ओली पुगेको अवसरमा भने प्रमुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायतका बिषयमा अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा प्रतिनिधिसभा बिघटनको सिफारिस गरेपछि आगामी वैशाख १७ र २७ गते दुई चरणमा  निर्वाचन गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेका थिए ।

प्रतिनिधिसभा बिघटन सम्बन्धी मुद्दा सर्बोच्च अदालतको संवैधानिक इजलाशको बिचाराधीन छ । यसको भविष्य के हुने भन्ने अदालतको फैसलामा निर्भर हुने छ । निर्वाचनको तयारी सरकारको मात्र सरोकार जस्तो देखिएको छ ।

नेपाली कांग्रेस पनि प्रतिनिधिसभा बिघटनको विरोधमा देशभर प्रदर्शन गर्दै पुनस्थापनाको माग गरिरहेको छ । त्यसैगरी नेकपाकै प्रचण्ड समूह पनि विरोधमै छ । माघ २८ मा प्रचण्ड समूहले राजधानीमा विरोध सभा गर्ने भनेर प्रचार गरिरहेको छ ।

नेकपाको निर्वाचन चिन्ह सूर्यमाथिको दावी यतिबेला त्यस पार्टीका दुबै समूहको शीर्ष एजेन्डा रहेको छ । ओली आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा  आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री  आयोग गएका भनिएपनि मूल बिषय सूर्यमाथिको सरोकार नै हो भनिएको छ ।

मंगलबार ओलीले निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिए । साथै उनले निर्वाचनका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास पनि दिलाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्काे निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिएका नेता सुवास नेम्वाङ पनि आयोग पुगेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार