लागुऔषध कारोबार गर्ने गिरोहका नाइके पक्राउ

पक्राउ

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषध कारोबार गर्ने एक गिरोहका नाइकेलाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो २ बजेतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बेलौरी नगरपालिका–६ सुतिया नदी नजिकबाट ३२ वर्षीय भारतीय नागरिक सुच्चा सिंहलाई पक्राउ गरेको हो।

भारत पिलभितको बम्मनपुर पधिरत सारदा पुरीका उनलाई २० ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

‘सुच्चा एक लागुऔषध कारोबार गर्ने गिरोहका नाइके हुन। बढो मिहेनत गरेर लामो समयपश्चात उनलाई हामी समात्न सफल भएका छौं’ प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले भने, ‘पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको छ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार