‘उठौँ सबै अति भो, मौन बस्दा क्षति भो’ भन्दै भागरथीको न्यायको लागी धनगढीमा सामूहिक प्रदर्शन !

उठौँ सबै अति भो, मौन बस्दा क्षति भो भन्दै भागरथीको न्यायको लागी धनगढीमा प्रदर्शन

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भए सँगै विभिन्न ठाउँमा विरोध र्‍याली सहित न्यायको लागि आवाज उठिरहेको छ ।

यसै गरी आज  नगर बाल सञ्जाल धनगढी, शैशव मञ्च नेपाल र नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला एकाइले आज दोस्रो दिन पनि धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म विरोध र्‍याली सँगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा  गरेको‌ छ ।

बाल हिंसा अन्त्य गर , दोषीलाई कारबाही गर , भगवती न्याय दे र बालबालिका लाई सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभाको सम्बोधन गर्दै नगर बाल सञ्जाल धनगढीका अध्यक्ष, शैशव मञ्च नेपालका केन्द्रीय सहसचिव विजयराज जोशीले सम्बन्धित निकायले ध्यान नदिए दोषी उपर कडा कारबाही नभए आगामी दिनमा कडा कदम चाल्ने बताइएको छ। सँगै भोलि विशेष रूपले कालो कपडामा सडकमा आउने बताएका छन्।

दिनानुदिन यस्तो अपराध बढी रहँदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रूपमा उक्त र्यालि निकालिएको नगर बाल सञ्जालका सचिव शिशिर विश्वकर्माले जानकारी दिए । उनले फेरी भने “निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामी उक्त विरोध र्‍याली भोलि पनि निरन्तरता दिने छौँ र यो अवस्था आउन नदिन सबै जना एकजुट हुनुपर्ने र यसका लागि भोलि साँझ ५:०० पार्क मोड आउन सार्वजनिक आह्वान गर्दछौ”।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार