भागरथी हत्या प्रकरण: दोषीलाई यथाशीघ्र कारबाही गर्न बैतडी समाज कैलाली को माग

बैतडीमा हराएको २४ घण्टापछि किशोरीकाे शव फेला

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका दोषीलाई कारबाहीको माग गरिएको छ ।

बैतडी समाज कैलालीले एक प्रेस विज्ञप्ति जारी गर्दै  समाजको गम्विर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो ।

घटना  भएको ८ दिन बितिसक्दा समेत सरकारले  दोषी पत्ता लगाउन नसक्दा अवस्था झन् गम्विर भएको बुधवार समाजका सचिव हर्कबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यसरी विद्यालय पढ्न गएकी किशोरीको  बलात्कारपछि बीभत्स हत्या हुनुले  चेलीबेटीहरू असुरक्षित भएको विज्ञप्तिमा जनाइएको छ ।

घटनाको गहन अध्ययन गरी दोषीलाई कानुनी कारबाही  गर्न र नागरिकको सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकार सङ्ग बैतडी समाज कैलाली जोडदार माग गर्दछ , विज्ञप्तिमा भनिएको छ ।

माघ २१ गते विद्यालय गएकी  बैतडीको दोगडाकेदारकी १७ वर्षीया  किशोरी भागरथी भट्टको २२ गते  स्थानीय सामुदायिक वनमा  हत्या गरिएको अवस्थामा सब फेला परेको थियो ।

पछिल्लो समयमा उक्त घटनालाई लिएर देशका विभिन्न स्थानमा  विरोध प्रदर्शन सहित दोषीलाई कारबाहीको माग गरिँदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार