मानव बेचबिखन मुद्दाका फरार अभियुक्त पक्राउ

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त पक्राउ

मानव वेचबिखन अपराध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।

मोरङ घर भई काठमाडौं सामाखुसी बस्ने साइराम भन्ने ४२ वर्षीय भुपालमान श्रेष्ठलाई मंगलबार काठमाडौं सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठसमेतका व्यक्तिहरुले वैदेशिक रोजगारीको बहानामा २०६६ भाद्र महिनामा पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिई नक्कली राहदानी तथा वेटरको काम गरेको प्रमाणपत्र समेत बनाई दिएपछि रमेश खड्का भन्ने तुलाराम खड्काको साथ लगाई भारतको नयाँ दिल्ली पुर्‍याएका थिए।

त्यसपछि भारतीय र अरेबियनहरुको जिम्मा लगाएको र २ दिन पछि हैदर भन्ने भारतीय नागरिकसँग ३ लाख ५० हजार भारतीय रुपैयाँ लिई अभियुक्त नेपाल फर्किएका थिए।

पीडितलाई ४५ दिनसम्म बन्धक बनाई चरम शोषण दिएपछि दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भएका उनी नेपाल आएका थिए। पीडितले दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धानको क्रममा तुलाराम खड्का छुट्टाछुट्टै अपराधमा केन्द्रीय कारागारमा बन्दी जिवन बिताइरहेको खुल्न आएको छ।

पक्राउ परेका श्रेष्ठ उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार