भागरथीको न्यायको लागी आन्दोलनको तेस्रो दिन पनि धनगढीमा सामूहिक विरोध प्रदर्शन

नगर बाल सञ्जाल धनगढी ,शैशव मञ्च नेपाल र नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला एकाइले तेस्रो दिन पनि गरे धनगढीमा विरोध र्‍याली
नगर बाल सञ्जाल धनगढी, शैशव मञ्च नेपाल र नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला एकाइले तेस्रो दिन धनगढीमा गरेको विरोध र्‍याली
धनगढी: बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भए सँगै विभिन्न ठाउँमा विरोध र्‍याली सहित न्यायको लागि आवाज उठिरहेको छ ।
यसै गरी आज  नगर बाल सञ्जाल धनगढी, शैशव मञ्च नेपाल र नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला एकाइले आज तेस्रो दिन पनि धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म कालो पोसाक र मास्क लगाएर विरोध र्‍याली सँगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा  गरेको‌ छ ।
 बाल हिंसा अन्त्य गर, दोषीलाई कारबाही गर, भगवती न्याय दे र बालबालिका लाई सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभाको सम्बोधन गर्दै नगर बाल सञ्जाल धनगढीका उपाध्यक्ष लक्ष्मी जोशीले सम्बन्धित निकायले ध्यान नदिए दोषी उपर कडा कारबाही नभए आगामी दिनमा कडा कदम चाल्ने बताएकी छिन्।
नयाँ युवा नयाँ सोच नेपाल बझाङ जिल्ला इकाई सचिव विकास विष्टले भने “दिनानुदिन यस्तो अपराध बढी रहँदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रूपमा उक्त र्यालि निकालिएको हो”।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार