मोबाइलको प्याटर्न वा पासवर्ड बिर्सिनु भयो, ‘फ्री’ मा आफै यसरी खोल्न सकिन्छ ?

मोबाइल अनलक गर्ने तरिका !

How to unlock mobile pattern

अहिलेको समयमा हामी धेरैजसो आफ्नो मोबाइलमा पासवर्ड अथवा प्याटर्न राखिरहेका हुन्छौं । जसबाट अन्य कुनै व्यक्तिले निजी च्याट तथा फोटो देख्न नसकुन् ।

तर  कहिले काहिँ यस्तो भइदिन्छ हामी आफ्नो पासवर्ड तथा प्याटर्न बिर्सिन पुग्छौं । त्यसपछि सर्भिस सेन्टर जानुको विकल्प हामीलाई हुँदैन । यस्तोमा हाम्रो समय र पैसा दुवै खर्च भइरहेको हुन्छ । तर आज हामी तपाईंलाई यस्तो तरिका बताउँदै छौं, जसबाट तपाईंले पासवर्ड वा प्याटर्न बिर्सेको अवस्थामा समेत तत्काल सहजै आफ्नो फोन अनलक गर्न सक्नुहुनेछ ।

एन्ड्रोइड फोनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट

सबैभन्दा पहिला आफूले अनलक गर्न चाहेको फोनको स्विच अफ गर्नुहोस् । बन्द भएपछि कम्तिमा एक मिनेटसम्म पर्खिनुहोस् । अब भोलुम डाउन बटन, पावर अन बटनलाई एकसाथ दबाउनुहोस् । (कुन कुन बटन दबाउने भन्ने तरिका कम्पनीअनुसार केही फरक हुनसक्छ ।)

त्यसपछि फोनको रिकभरी मोड खुल्नेछ । त्यसमा रहेको फ्याक्ट्री रिसेट बटनमा दबाउनुहोस् । डेटा क्लियर गर्नका लागि त्यहाँ रहेको वाइप क्याशमा दबाउनुहोस् ।

फेरि एक मिनेटसम्म पर्खिनुहोस् र आफ्नो एन्ड्रोइड मोबाइल अन गर्नुहोस् । यतिगरेसँगै तपाईंको फोन अनलक हुनेछ ।

वेबसाइटबाट मोबाइल अनलक गर्ने तरिका

तपाईंले गुगलको एन्ड्रोइड डिभाइस म्यानेजर वेबसाइटमार्फत समेत आफ्नो मोबाइल अनलक गर्न सक्नुहुनेछ । फोन अनलक गर्नका लागि सबैभन्दा पहिला यो वेबसाइटमा गएर आफ्नो फोनमा रहेका डेटा डिलिट गर्नुहोस् र आफ्नो फोन रिसेट गर्नुहोस् ।

यति गरेसँगै तपाईंको फोन रिसेट हुनेछ । यस बाहेक तपाईं यो वेबसाइटको सहयोगमा आफ्नो मोबाइल ट्रेस गर्न समेत सक्नुहुन्छ ।

नोटः यो तरिका अपनाउँदा तपाईंको मोबाइलमा रहेका एसएमएस, एप, म्युजिक भिडियो आदि सबै सामग्री डिलिट हुनेछन् ।

प्याटर्न लक बाइपास गर्ने तरिका

यो तरिका तपाईंले त्यस्तो बेलामा मात्र अपनाउन सक्नुहुन्छ, जतिखेर तपाईंको मोबाइलमा डेटा वा इन्टरनेटको कनेक्सन हुन्छ । यदि तपाईंको डेटा वा वाईफाई अन छ भने तपाईंले सहजै आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ ।

आफ्नो फोन अनलक गर्नका लागि त्यसमा पाँच पटकसम्म प्याटर्न लक खोल्ने प्रयास गर्नुहोस् । अब तपाईंले एउटा नोटिफिकेसन देख्न सक्नुहुनेछ, जसमा ३० सेकेन्डपछि पुनः प्रयास गर्न लेखिएको हुन्छ ।

अब त्यसमा फर्गेट पासवर्ड विकल्प देख्न सक्नुहुनेछ । त्यसमा आफ्नो जिमेल आईडी र पासवर्ड राख्नुहोस्, जुन तपाईंको डिभाइसमा प्रयोग भइरहेको छ । यति गरिसकेपछि तपाईंको फोन अनलक हुनेछ र नयाँ प्याटर्न राख्न सक्नुहुनेछ । -टेचपानाबाट 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार