कैलालीमा दोस्रो चरणमा करिब ४ हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने

बझाङमा कोरोना खोप अभियान सुरु !
फाइल तस्विर

धनगढी: कैलालीमा दोस्रो चरणमा करिब चार हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने तयारी गरिएको छ । खोप अभियान अन्तरगत भोलिदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

दोस्रो चरणमा खोप लगाउनका लागि जिल्लाभर सात ठाउँमा खोप केन्द्र निर्धारण गरिएको र परिचय पत्रका आधारमा टिकापुर, धनगढी, चौमाला, भजनी, जोशिपुर, लम्कीचुहमा, मालाखेतीस्थित सरकारी स्वास्थ्यमा खोप लगाइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।

अभियान अन्तरगत सरकारी कर्मचारी, पत्रकारलगायतलाई खोप दिइने  बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार