भागरथी हत्या प्रकरण : कर्मचारी र शिक्षक पनि शंकाको घेरामा

यसै साताभित्र दोषीलाई सार्वजनिक गर्ने

बैतडीमा किशोरी मृत्यु प्रकरण

बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् । माघ २१ गते विद्यालय गएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा भेटिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी हत्या प्रकरणमा अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेका छन् । उनले भने, ‘अपराधीको नजिकै पुगिसकेका छौँ । केही भेरिफाई हुँदैंछ । चाँडै नै दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ ।’ उनले यसै साताभित्र दोषीलाई सार्वजनिक गर्ने तयारी भएको बताए ।

स्रोतकाअनुसार प्रहरीले सम्‍भावित व्यक्तिहरूको सूची बनाएको छ । सम्भावित अपराधीको सूचीमा सरकारी कर्मचारी, शिक्षक, भागरथीका परिचित अन्य व्यक्ति रहेको स्रोतको दाबी छ ।

विभिन्‍न तथ्य र सूचनाका आधारमा डेढ दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको प्रहरीले अहिले उनीहरूको बयान भेरिफाई गरिरहेको छ । २१ मघमा विद्यालय गएकी भागरथीको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो । -इकागजबाट

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार