नेपाली काँग्रेस एक्लै निर्वाचनमा जान तयार छः पूर्व मन्त्री बस्नेत

केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बस्नेत

धनगढी: नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बस्नेतले आफूहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् । सोमवार धनगढीमा प्रेस युनियनले कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचनमा जानुपर्ने अवस्था आए काँग्रेस पछि नपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘चुनावमा जाने अवस्था आए हामी निर्वाचनमा जान्छौँ, प्रतिनिधिसभा पुन स्थापना भए पनि हामी स्वीकार गर्छौ।’

त्यस्तै उनले निर्वाचनमा जाने अवस्था आए कुनै पनि दलहरूसँग सहकार्य नगर्ने समेत उनले स्पष्ट पारे । ‘कम्युनिस्टसँग हाम्रो सहकार्य हुँदैन’ उनले भने ‘काँग्रेस एकलै चुनावमा लड्छ र बहुमत ल्याउँछ ।’ देशभर बलात्कार हत्या जस्ता जघन्य अपराध बढिरहे पनि सरकारले घटनामा संलग्नहरूलाई पक्राउ गर्न नसकेको समेत उनले आरोप लगाए ।

‘कञ्चनपुरमा निर्मला र बैतडीमा भागरथीको बलात्कार पछि हत्या भयो तर, सरकारले दोषी पक्राउ गर्न सकेको छैन’ उनले भने ‘यो पनि सरकारको कमजोरी हो । ’ जनताले कम्युनिस्टलाई जिताएर दुई तिहाइ नजिकको सरकार बनेपछि देशमा सुशासन भन्दा बढी कुशासन भएको उनको आरोप थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार