फेरी बैतडीमा एकजना मृत फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका ९ रौतगाडाका अन्दाजी ६५ वर्षीय मानसिंह पन्त आज बिहानै मृत भेटिएका हुन् । बिहान अचेत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अचेत अवस्थामा भेटिएको केही समयपछि उनको मृत्यु भएको देहिमाण्डौ प्रहरी चौकी इन्चार्ज उपेन्द्र तिमिल्सीनाले बताउनुभयो ।

बैतडीको नागार्जुन स्वास्थ्य चौकीका पूर्व कार्यालय सहयोग समेत रहेका पन्तको सब पोस्टमार्टमका लागी अहिले जिल्ला अस्पताल बैतडी पु¥याइएको छ । मृतक पन्तको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार