विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पस द्वारा पत्रकार जोशी सम्मानित 

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पस द्वारा पत्रकार जोशी सम्मानित 

धनगढीः विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पस ले  आफ्नो २२ औ वार्षिक उत्सवका अवसरमा रेडियो धनगढीका कार्यकारी निर्देशक तथा पत्रकार हरि जोशीलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच प्रतिष्ठानले क्याम्पसको सभा हलमा आफ्नो भव्य २२ औ वार्षिक उत्सव मनाउँदै फरक-फरक विधामा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले लिला नाथ साहित्य पुरस्कारद्वारा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।  लिला नाथ साहित्य पुरस्कार डाक्टर टिएन जोशी, युवा पुरस्कार शैलेन्द्र रोकाया, पत्रकार सम्मान रेडियो धनगढीका कार्यकारी निर्देशक हरि जोशी र सांस्कृतिक सम्मान गुणाकर पनेरुलाई प्रदान गरिएको छ ।

त्यस्तै लिला नाथ शिक्षा सम्मान कैलाली बहुमुखी क्याम्पसका डाक्टर गोविन्दराज जोशी र महेश प्रसाद गुप्तालाई प्रदान गरिएको छ ।भने प्रतिष्ठानले विगतका वर्षहरूमा पनि भव्य कार्यक्रम गर्दै आइरहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार