कैलालीको लम्कीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

कैलालीको लम्कीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, एक घाइते

धनगढी: कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गम्भीर घाइते उनलाई थप उपचारका लागि कोहलपुर अस्पताल रेफर गरिएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय बहुनियाले ट्रक र चालकलाई नियन्त्रणमा लिएको दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार