ट्रकको ठक्करबाट २ जनाको मृत्यु, लम्की स्थित राजमार्ग तनाव ग्रस्त

लम्की खण्ड अवरुद्ध

ट्रकको ठक्करबाट २ जनाको मृत्यु, लम्की स्थित राजमार्ग तनाव ग्रस्त

धनगढी: ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र दोषीलाई कारबाहीको माग राखेर स्थानीयले पूर्व पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेका छन् ।

दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्ठलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ५ख८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन । उनको उपचारका लागि कोहलपुर लैैैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी प्रतीक बिष्टले जानकारी दिए । त्यसपछि राजमार्ग अवरुद्ध भएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार