नेकपा निकट युवा संगठन नेपाल द्वारा बर्दगोरिया र जोशीपुरमा कमिटी गठन

नेकपा निकट युवा संगठन नेपाल द्वारा बर्दगोरिया र जोशीपुरमा कमिटी गठन

धनगढीः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले बर्दगोरिया र जोशीपुर गाउँपालिकामा कमिटी गठन गरेको छ।

अध्यक्ष शिवराज उपाध्यक्ष महेश सचिव प्रदीप लगायत १७ जनाको कमिटी गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ।

भेला कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बर्दगोरिया गाउँपालिकाका इन्चार्ज जितु मगर र विशिष्ट अतिथि युवा संगठन नेपाल कैलाली का संयोजक ओम भट्ट र अतिथि बर्दगोरिया सेक्रेटरी प्रदीप रहनुभएको थियो। साथै उक्त कमिटीले गाउँपालिका मा भएका विभिन्न भ्रष्टाचार, लागू औषध कारोबार गर्नेलाई सशक्त कारबाही गर्ने निर्णय समेत गरेको छ।

त्यसै, भेलाले स्थानीय स्तरमा हुने अन्याय, अत्याचार, भ्रष्टाचार विरुद्ध देशभक्त युवाहरू ले सशक्त सङ्घर्ष गरौँ सुदृढ संगठन र एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना, लागू गरौँ लयगतका नारा तथा कमिटी गठन गरी कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार