पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बैतडीमा नेता कार्यकर्ता माथिको आक्रमण विरुद्ध नेवि संघ द्वारा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बैतडीमा नेता कार्यकर्ता माथिको आक्रमण विरुद्ध नेवि संघ द्वारा प्रदर्शन
धनगढीः नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघले बैतडी जिल्लाको डिलासैनिमा नेपाली काङ्ग्रेस को कार्यक्रम भइरहेको समयमा प्रधानमन्त्री ओली निकट नेकपा बाट नियोजित केही ब्यक्ती हरुले नेपाली काङ्ग्रेस का नेता तथा कार्यकर्ता माथि गरिएको आक्रमण लाई लक्षित गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघ कान्तिपुर सिटी कलेजले आज दिउसो १ बजे विरोध प्रदर्शन गरेको हो सोही बैतडी घटना लाई र अहिले बजारमा अनियन्त्रित रूपमा बढिरहेको पेट्रोलियम पदार्थ को मूल्य वृद्धि लाई मध्यनजर गर्दै विरोध प्रदर्शन गरिएको ने बि  संघ कान्तिपुर सिटी कलेज का इकाई सभापति हेकम बहादुर बम ले जानकारी दिए ।
सभापति बम ले सोही घटनामा संलग्न व्यक्ति हरूलाई कडा भन्दा कडा कारबाही को माग गर्दै अहिले बजार मा अनियन्त्रित रूपमा बढिरहेको पेट्रोलियम पदार्थ को मूल्य वृद्धि को समेत विरोध गरिएको बताएका छन् । उनले यस्ता अलोकतान्त्रिक घटना ले गर्दा सत्तारुढ नेकपा को पार्टीमा उग्र चरित्र भएको र त्यस्तो चरित्र परित्याग गर्न समेत चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार