मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट कञ्चनपुरतर्फ गइरहेको ना ४४ प ९७०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका–८ कलकत्ताका २३ वर्षीया गोबिन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको उपचारका क्रमामा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बुझिएको छ । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा  मोटरसाइकलमा सवार कलकत्ताकै २३ वर्षीय हिक्मत चौधरी जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार घाइतेको उपचार सेती अस्पतालमै भईरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार