SKIP THIS

प्रदेश युवा परिषद्

नेकपा निकट युवा संगठन नेपाल कैलालीद्वारा भजनि नगर कमिटी गठन 

धनगढीः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्ला ले यही फागुन ९ गते भजनि नगर कमिटी गठन गरेको छ।
कमिटीको अध्यक्षमा पदम साउद, उपाध्यक्ष चक्र पुन मगर, सचिव मोहन चौधरी, सह(सचिव टेक मगर, कोषाध्यक्ष सन्तोष चौधरी  लगायत १७  सदस्यीय कमिटी  गठन गरिएको छ ।
भेला कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपाल  कैलाली जिल्ला संयोजक ओम, विशिष्ट अतिथि नेपाल  कम्युनिस्ट पार्टी का जिल्ला सचिवालय सदस्य मधुसूदन र अतिथिमा नगर सेक्रेटरी आधार  रहनुभएको नेकपाले जनाएको छ ।
साथै उक्त नगर भेलामा प्रमुख अतिथिले मन्तव्यका क्रममा भजनि नगर खुला सीमा जोडिएकोले भारत बाट    अवैध रूपमा हुने अनेकौँ तस्करी, घुस पेटिया, कालोबजारी, लागु औषध, सीमा अतिक्रमण लगायत अनेकौँ किसिमका अपराधी क्रियाकलाप गर्नेलाई सशक्त कारबाही गर्ने बताउनुभएको छ ।
त्यस्तै, भेलाले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना लागू गरौँ, भारतीय सिमाना अतिक्रमण बन्द गर, भारतीय दलाल होसियार,
मिचिएका भूभाग फिर्ता गर,  एकीकृत जनक्रान्ति जिन्दाबाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद, युवा संगठन नेपाल जिन्दाबाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, प्रतिबन्ध खारेज गर लगायतका नारा लगाउँदै कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार