महिला हिंसा अन्त्य हुनुपर्छ : डा सङ्ग्रौला

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला

बाजुरा : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छिन्।

नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन।

उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार