कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

कोरोनाविरुद्धको खोप
प्रतिकारात्मक तस्बिर

विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ।  दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन।

नेपालले कोभ्याक्सले दिने २० प्रतिशत खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप दिने स्थिति देखिएको छ। ‘हामीले कोभ्याक्सले दिने खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप लगाउन सक्षम हुन भयौं। यो अन्य देशको तुलनामा राम्रो प्रगति हो’, डा. उप्रेतीले भने।सरकारको आफ्नै व्यवस्थापकीय तयारीका कारण कोभिडविरुद्ध खोप अभियानमा नेपाल विश्वका थुप्रै धनी तथा विकसित देशभन्दा अघि आउन सफल भएको उनले बताए।

नेपालले खोप किन्न सुरुमै बजेट तयारी अवस्थामा राख्नु, छिमेकी राष्ट्रहरूसँग पहल गर्नु, खोप उत्पादक कम्पनीसित पहल गर्न सफल हुनुलगायतले अभियान प्रभावकारी ढंगले सुरु भएको उनको भनाइ छ। ‘सीधै खोप किन्न बाधा बनेको कानुनी बाटो खोल्ने, बजेट निकासा गर्नेजस्ता काममा हामीले एकपछि अर्को निर्णय छिटोछिटो गर्दै गयौं’, उनले भने। नेपालले कोभिड १९ विरुद्धको खोप खरिदका लागि ४८ अर्ब बजेट तयारी अवस्थामा राखेको छ। यसमध्येबाट भारतबाट करिब ९३ करोडको खोप खरिद गरिसकिएको छ। नेपाल सरकारले असारअघि नै २० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार