दक्षिण कोरिया र क्यानडा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा जितेन्द्र र जितु नियुक्त

नेपाली काँग्रेसको केन्द्रीय नीति

काँग्रेसको दक्षिण कोरिया र क्यानडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा जितेन्द्र र डा. जितु नियुक्त
धनगढीः नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको दक्षिण कोरिया र क्यानडा प्रमुखमा क्रमशः जितेन्द्र सिंह महता र डा. जितु उपाध्याय तिमिल्सिनालाई नियुक्त गरिएको छ।
महता बैतडीका बासिन्दा हुन भने उपाध्याय कैलाली, टीकापुरका हुन। जन सम्पर्क समिति दक्षिण कोरियाका उपसभापति समेत रहेका महता लामो समयदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रही पार्टीका विभिन्न संगठनहरुमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।
बैतडीको राजनीतिक भविष्यमा महत्त्वपूर्ण र आस लाग्दो युवाकोरुपमा हेरिएका महता बैतडी जिविस पूर्व सभापति, विकसबादी नेता, दूरदर्शी र निष्ठा वान वरिष्ठ समाजसेवी स्व. जयसिंह महताका सुपुत्र हुन । महता स्थानीय स्तर, जिल्ला र प्रवासमा समेत राम्रो जनाधार भएका र केन्द्रीय नेताहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सफल मिलनसार र कुशल संगठककारुपमा हेरिन्छ।
काँग्रेस उप सभापति बिमलेन्द्र निधी को निर्देशनमा नेपाली काँग्रेस पार्टीसङ आबद्ध विदेश स्थित नेपाली जन सम्पर्क समितिहरूमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य गर्न गराउन हुन भनेर उनलाई नियुक्ति दिइएको छ।
त्यसै गरी डा. जितु उपाध्याय तिमिल्सिनालाई प्रतिष्ठानको क्यानडा प्रमुखको जिम्मेवारी दिइएको छ।  डा. उपाध्याय तिमिल्सिना जन सम्पर्क समिति क्यानडाका उपसभापति तथा पार्टीका विभिन्न संगठनहरुमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका एक कुशल र मिलनसार संगठक हुन।
तिमिल्सिना वैज्ञानिक र क्यानडाको एक युनिभर्सिटीका प्रोफेसर हुन। दुवै जना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका साथै नातामा मित हुन । सबै उमेर समूहका मान्छेहरूसँग भिज्न सक्ने खुबी भएका दुवै जना समाजसेवामा अग्रसर हुनुका साथै अदम्य तार्किक क्षमता, निष्पक्ष, निष्ठा वान, कर्तव्यनिष्ठ र मिलनसार पृष्ठभूमि रहेकै कारण सुदूरपश्चिमको राजनीतिमा उदयमान युवाको रूपमा हेरिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार