कञ्चनपुरवाट १ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुरवाट १ लाख बढीको अवैध सामान बरामद

सामान बरामद
फाइल तस्बिर
Advertisement

कञ्चनपुर: जिल्लाका बिभिन्न स्थानवाट १ लाख बढीको अवैध सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बलले बोडर आउट पोष्ट बयलबन्दा, गड्डाचौकी, दोधारा चाँदनी, बेलौरी र जिमुवाबाट खटिएको टोलीले अवैध रूपमा नेपाल ल्याउदै गरेको १ लाख ११ हजार ८ सय २० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

सिमावाट भन्सार छली अबैध रुपमा नेपाल भित्रयाउदै गरेको प्रतिबन्धित बोईलर कुखुरा, बिउबिजन, किराना समान, तयारी, कपडा र मल बरामद गरेको सशस्त्र प्रहरी बल कञ्चनपुरले जनाएको छ ।

बरामद गरिएका सामानहरूलाई पशु क्वारेन्टाईन कार्यालय र कञ्चनपुर भन्सार कार्यालयमा बुझाएइको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार