प्रचण्ड-नेपाल समुहमा फर्के ओली समुहमा देखिएका नेता बडुवाल र अधिकारी

प्रचण्ड-नेपाल समुहमा फर्के ओली समुहमा देखिएका नेता बडुवाल र अधिकारी

 कैलाली: नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई धारमा देखिए संगै ओली समुहले बिभिन्न संगठनमा सदस्यता थप गरिरहँदा ओली समुहमा लागेका कैलालीका नेता ईश्वर बडुवाल र दुर्गा अधिकारी प्रचण्ड नेपाल समुहमा फर्केका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट ओली समुहमा लागेपछि उनिहरुपनि ओली समुहमै देखिएका थिए ।

तर आज केपी ओलीले अंगालेको बाटो असंबैधानिक र अलोकतान्त्रीक भउको भन्दै मुल घरमै फर्किने निर्णय गरेको उनिहरुले बताएका छन् । नेताद्ववयले बिज्ञप्तीनै निकालेर ओली समुहमा नरहेको सार्वजनिक गरेका हुन् । ओली समुहको सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेका ईश्वर बडुवाल र ओली समुहमै देखिएका युवा संघ गोदावरी नगर कमिटि सह संयोजक दुर्गा अधिकारीले गुट त्यागेको बताएका हुन् ।

उनिहरुलाई नेकपा कैलाली जिल्ला कमिटि सदस्य तथा गोदावरी नगर कमिटि सह ईन्चार्ज धर्म कुँवरले स्वागत गरेका छन् । सत्यको पक्षमा उभिएको भन्दै उनिहरुलाई कुँवरले धन्यबाद दिदै अब न्याय र जनताको पक्षमा उभिन आग्रह गरेका हुन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार