कञ्चनपुरबाट लागुऔषध बोकेको कारसहित २ जना पक्राउ

पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध बोकेको कारसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट यूके०६एके३४२५ नम्बरको ह्युन्डाइ कारसहित सोही ठाउँका २९ वर्षीय विक्रम ठुल्ला र २९ वर्षीय दिपेन्द्र सुनारलाई नियन्त्रणमा लिइएका इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

कारमा लागुऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा झलारीमा रहेको दिपेन्दको घरबाट दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। दुवैका साथबाट ४६ पिस ब्राउन सुगरका प्याकेट र ४.८० ग्राम खुल्ला धुलो फेला पारेको प्रहरीले बताएको छ। पक्राउ परेको दुवैमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार