भागरथीको परिवारलाई सुप समाज कोरियाद्वारा दुई लाख ८३ हजार सहयोग 

भागरथीको परिवारलाई सुप समाज कोरियाद्वारा दुई लाख ८३ हजार सहयोग 

भागरथीको परिवारलाई सहयोग
बैतडीः बलात्कार पछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले दुई लाख ८३ हजार रुपैयाँ सहयोग गरेको छ ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाका तर्फबाट संकलित रकम समाजका पूर्व अध्यक्ष नर बहादुर साकी, धर्मराज जोशी, पूर्व सचिव सुरेन्द्र भण्डारी,पूर्व कोषाध्यक्ष नवराज भट्ट र वर्तमान कोषाध्यक्ष डी आर पनेरु आज घरमै गएर स्वर्गीय भागीरथी भट्टकी आमालाई हस्तान्तरण गरे ।
भागरथी भट्टको परिवारको सहयोगको लागि समाजका निवर्तमान अध्यक्ष लाल बहादुर साउदको संयोजकत्वमा दक्षिण कोरियामा आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।
No description available.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार