सृजनशील गडसेरी समाजको दोस्रो साधारण सभा धनगढीमा सम्पन्न

सृजनशील गडसेरी समाजको दोस्रो साधारण सभा धनगढीमा सम्पन्न

धनगढी: सृजनशील गडसेरी समाजको दोस्रो साधारण सभा आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।

धनगढीको त्रिनगर मा. बि. को सभा हलमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री भोजबहादुर शाहले गर्नुभएको थियो भने सञ्चालन डिल्लीराज जोशीले गर्नुभएको थियो ।

धनगढी उ. म. न. पा. का प्रमुख नृप बहादुर ओडको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा धनगढी उ. म . न. पा. कि उपप्रमुख सुशीला मिश्र भट्ट विशिष्ट अतिथि रहनुभएको थियो । उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोशाध्यक्ष पद्मा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव सुभाषचन्द्र भण्डारीले संस्थाको गतिविधिहरू र प्रगति विवरण सहित भावी कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो ।

धनगढी उ.म.न.पा. वार्ड न ५ का वडा अध्यक्ष लगायत तीर्थराज ओझा ” गडसेरी माइला” , कैलाली जिल्ला बार एसोसियनका अध्यक्ष सिद्ध राज ओझा , समाजसेवी जयराज भण्डारी , जिल्ला निर्वाचन कार्यालय , कैलालीका प्रमुख प्रेमराज भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।No description available.

यसै गरी शिक्षा प्रेमी तथा समाजसेवी साहित्यकार डिल्लीराम भण्डारी द्वारा लिखित ” मेरो जन्मभूमि ” कविता सङ्ग्रह समेत यसै कार्यक्रममा विमोचन गरिएको छ । गडसेरा घर भई हाल लालपुर बस्ने ज्येष्ठ नागरिक तुलछिधर भट्ट, उत्तरबेहडी बस्ने भवानीदत्त भट्ट, र हसनपुर बस्ने दलबहादुर देउवालाई दोसल्ला ओढाइ सम्मान गरिएको छ ।

No description available.

कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक प्रेमराज भण्डारी , त्रिनगर मा. बि. का प्रधानाध्यापक भूपाल सिंह खड्का, सरस्वती मा. बि. सेहरिका प्रधानाध्यापक वेद प्रसाद ओझा, साहित्यकार यज्ञराज यात्री, समाजसेवी जयराज भण्डारी , सोभान सिंह रावल, टिकाराम भण्डारी , लिला धर भण्डारी , कृष्णराज भट्ट, झपिलाल भट्ट, यज्ञराज भट्ट, विष्णु प्रकाश भण्डारी , हरि प्रसाद भट्ट, राजकुमार शाह, भूमिराज बडू, नवराज ओझा, टोपचन्द्र शाह, गणेश बिस्ट, उद्धव बिस्ट, मेखराज भट्ट, हर्क ब देउवा, गजै सिंह देउवा , दिर्घराज जोशी, खगराज भट्ट, , घनप्रकाश जोशी, जयराज ओझा” अभिलाषी” , लेखराज ओझा , हेमराज ओझा, टेकराज ओझा, नवराज ओझा, पत्रकार टेकचन्द्र देउवा, ओम जोशी, पुष्पराज भट्ट लगायत करिब एक सय भन्दा बढी गडसेरिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कुरा गडसेरी एकता समाजका युवा चक्र खडायतले बताउनु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार