दुब्लो बनेकोमा चिन्ता गर्नुपर्दैन, शरीरको तौल बढाउन खानुस् यी फलफूल

फलफूल

दुब्ला मानिसलाई आफ्नो व्यक्तित्वको चिन्ता लागिरहेको हुन्छ र उनीहरू तौल बढाउने उपाय खोजिरहेका हुन्छन् । तौल बढाउनका लागि प्रशस्त क्यालोरी भएका फलफूल आवश्यक हुन्छन् । फलफूलमा भिटामिन र मिनरलहरू पाइने हुनाले यिनको सेवन गर्नु आवश्यक छ ।

केरा 
केरा पौष्टिक हुन्छ र यसमा कार्बोहाइड्रेट्स तथा क्यालोरी प्रशस्त मात्रामा पाइन्छ । यसमा भिटामिन बी६ पनि हुन्छ । ओट्स वा दहीसँग केरा खाने गर्नुभयो भने तौल बढ्छ ।

नरिवल
नरिवलमा क्यालोरी, फ्याट र कार्बोहाइड्रेट्स पाइन्छन् । यिनले तौल बढाउन सहायता गर्छन् । नरिवल त्यत्तिकै खाँदा पनि हुन्छ, स्मूदी बनाएर खाँदा पनि हुन्छ ।

आँप
आँप पनि क्यालोरीको राम्रो स्रोत हो । यसमा फाइबर, भिटामिन सी र फोलेट समेत हुन्छ ।
एभोकाडो
एभोकाडोमा अनेकौं पोषक तत्त्व पाइन्छन् । यसमा क्यालोरी र हेल्दी फ्याट पनि हुन्छ । पोटेसियम र भिटामिन सी, बी५ र बी६ पनि एभोकाडोमा पाइन्छ ।

सुक्खा मेवा
सुक्खा मेवामा पानी हुँदैन । यी मेवाहरूमा पौष्टिक तत्त्व पाइन्छन् । यसमा ऊर्जाका साथै तौल बढाउने तत्त्व हुन्छन् । यसमा प्राकृतिक चिनी हुन्छ । तौल बढाउने क्यालोरी सुक्खा मेवामा पाइन्छ ।

सुक्खा अँजीर
ताजा र सुक्खा र अँजीर दुवै स्वादिष्ट हुन्छन् । यसमा क्यालोरी, प्रोटीन, कार्बोहाइड्रेट्स प्रशस्त पाइन्छ । यसलाई ओट्स, दही र सलादमा राखेर खान मिल्छ । पानीमा उमालेर पनि यसलाई खान मिल्छ ।

खजुर
खजुरमा पौष्टिक तत्त्वहरू प्रशस्त पाइन्छन् । कपर, म्याग्निज, आइरन र भिटामिन बी६ को यो राम्रो स्रोत हो । क्यालोरीको मात्रा बढाउनका लागि यसलाई आल्मन्ड बटर वा नरिवलसँग पनि खान सकिन्छ ।

किसमिस
किसमिसमा क्यालोरी, प्रोटीन, फ्याट, कार्बोहाइड्रेट्स, फाइबर, पोटेसियम र आइरन पाइन्छ । दिनदिनै किससिम खाँदा क्यालोरीको मात्रा बढ्छ र तौल पनि बढ्न थाल्छ ।

आलुबखडा
सुक्खा आलुबखडा पोषणको राम्रो स्रोत हो । क्यालोरी, प्रोटीन, फ्याट, कार्बोहाइड्रेट्स, फाइबर, भिटामिन के र पोटेसियम पाइन्छ । यसले कब्जियतलाई पनि ठीक पार्छ । सुक्खा आलुबखडाले हेल्दी फ्याटलाई पनि बढाउँछ ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार