दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्षको निधन, २ दिन शोक विदा

वडाध्यक्षको निधन

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का अध्यक्ष रुद्रसिंह धामीको निधन भएको छ । मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ७८ वर्षीय धामीको सोमवार हृदयघातका कारण निधन भएको हो ।

वडाअध्यक्ष धामीको मृत्युपछि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा दुई दिन शोक विदा दिने निर्णय भएको छ ।

राष्ट्रकै सातौँ धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुन धामका मुखिया धामीको मृत्यु भएपछि मालिकार्जुन र शैल्यशिखरमा शोक विदा दिने निर्णय भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार