सुदूरपश्चिममा प्राङ्गारिक कृषि प्रणाली सुरु गरिँदै

सुदूरपश्चिममा प्राङ्गारिक कृषि प्रणाली सुरु गरिँदै

डोटीः सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक–कृषि प्रणाली सुरु हुने भएको छ। खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक–कृषि प्रणाली सुरुवात गर्न लागिएको हो।

सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलले सोमबार राजपुरमा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशमा प्राङ्गारिक–कृषि प्रणालीका लागि चार करोड बजेट विनियोजन गरी नौवटै जिल्लामा काम सुरु भएको निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए। डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा आलु खेतीमा प्राङ्गारिक–कृषि प्रणालीको थालनी गर्न लागिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए।

विश्वमै रासायनिक विषादी प्रयोग बढ्दै जाँदा त्यसले विभिन्न खालको असर पारिरहेको हुँदा प्राङ्गारिक कृषि प्रणालीमा जोड दिन थालिएको हो। डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले पौष्टिक उत्पादन, वातावरण सन्तुलन, स्वास्थ्य सन्तुलन, माटोको गुणस्तर कायम गर्न सकिने, आम्दानी बढी लिन सकिने, स्थानीय श्रोत साधनको सदुपयोग गरी प्राङ्गारिक उत्पादनलाई ब्रान्डको रूपमा अगाडी बढाउन सकिने बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार