‘विप्लव’ सँग वार्ता गर्न सरकारका तर्फबाट बादल र विप्लव समूहबाट प्रकाण्डको नेतृत्व !

‘विप्लव’ सँग वार्ता गर्न सरकारका तर्फबाट बादल र विप्लव समूहबाट प्रकाण्डको नेतृत्व !

काठमाडौँ: सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपासँग वार्ता गर्न २ सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोलीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता गर्ने उनले बताए ।

सरकारले वार्ता टोली बनाए पनि विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छैन। आपराधिक क्रियाकलापमा सहभागी भएको भन्दै सरकारले २०७५ साल चैत्र २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि समिति बनाएको छ । सरकारले आजै मात्र वार्ता टोली गठन गरेको हो । सरकारी वार्ता टोलीको संयोजकत्व चाहिँ गृहमन्त्री रामबहादुर थापा बादलले गर्दैछन् ।

सरकारले यसबारे जानकारी दिन केही समयमा पत्रकार सम्मेलन गर्दैछ । सरकारले आजै मात्र विप्लव समूहमाथि २ वर्षअगाडि लगाएको प्रतिबन्ध पनि फुकुवा गर्ने योजना रहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार