SKIP THIS

धनगढी उप-महानगरपालिका

लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्टद्धारा ट्राफिक प्रहरीलाई सचेतना सम्बन्धी ब्यानर र बोर्ड हस्तान्तरण

लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्टद्धारा ट्राफिक प्रहरीलाई सचेतना सम्बन्धी ब्यानर र बोर्ड हस्तान्तरण
धनगढीः लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्ट प्रिन्ट धनगढीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक सचेतना सम्बन्धी ब्यानर र बोर्ड हस्तान्तरण गरेको छ ।
मङ्गलवार एक कार्यक्रमका बिच लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्टका तर्फबाट प्रबन्धक जगदीश पन्तले सामाजिक उत्तरदायित्व अन्तर्गत (वन वई बोर्ड) प्रहरी चेकिङ बोर्ड, प्रवेश निषेध बोर्ड गरी थान ६ र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना सम्बन्धी ब्यानर २२  थान जिल्ला ट्राफिक प्रहरी कार्यालयका  कार्यालय प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहरालाई हस्तान्तरण  गरेका हुन् ।
सवारी दुर्घटना न्यूनीकरणमा आफ्नो अमूल्य योगदान पुर्‍याउने लक्ष्मी एडभटाईजिङ एण्ड फ्लेक्स प्रिन्ट धनगढी लाई ट्राफिक प्रहरीले धन्यवाद ज्ञापन गरेको छ ।
May be an image of standing and outdoors

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार