गोदावरी पत्रकार मञ्चको अध्यक्षमा हेमराज भट्ट !

हेमराज भट्ट

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेका बिभिन्न मिडियामा  कार्यरत पत्रकारहरुको साझा चौतारी गोदावरी पत्रकार मञ्चको गठन गरिएको छ ।

शनिबार सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक एबम् पर्यटकिय स्थल गोदावरी धाममा बसेको अत्तरियामा क्रियाशील पत्रकारहरुको भेलाले गोदावरी एफ.एमका सम्पादक हेमराज भट्टको अध्यक्षतामा १५ जनाको पूर्ण कार्यसमिती सर्वसम्मत चयन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा टिभी टुडेका सुदूरपश्चिम संयोजक अनिल पन्त, सचिवमा सेतो हिमाल दैनिक पत्रिकाका नरेशनाथ योगी , सह सचिवमा सुदूरपश्चिम बिजनेशका खेमराज भट्ट , कोषाध्यक्षमा टिभी टुडेकी करिश्मा सिंह चयन भएका छन् ।

सदस्यहरुमा रेडियो प्रदेश सेभेनका दीर्घ शाही , अत्तरिया न्यूजका संचालक प्रकाश बोहरा , अग्नी पोष्टका आकाश कार्की , खबरदारी न्यूजका दिपक ओझा र जनक महरा, सेतो हिमालका विकास वि.क, सुदूरखबरका गोपाल जोशी , गोदावरी एफ‍एमकी संगिता खड्का, पुनरवास टाइम्सकी रोशनी सार्की, टिभी टुडेका भाष्कर कलौनी चयन भएका छन् ।

मञ्चको प्रबक्तामा कामधेनु पोष्टका संचालक प्रेम बिष्टलाई चयन गरिएको छ भने भेलाले अत्तरिया क्षेत्रमा लामो समयदेखि पत्रकारिता गर्दै आएका मिडियाका संचालकहरुलाई सल्लाहकारमा चयन गरेको छ ।
सल्लाहाकारहरुमा गोदावरी एफएमकका प्रबन्ध निर्देशक गोविन्द रोश्यारा, रेडियो प्रदेश सेभनका शेर बहादुर शाह , सेतो हिमाल दैनिकका कैलाश कुमार जोशी , अग्नी पोष्टका गिता कुमारी जोशी, पत्रकार पिआर चटौत , बिरेन्द्र भट्ट र कैलाश जोशी रहेका छन् ।

गोदावरी पत्रकार मञ्चले अत्तरिया क्षेत्रमा क्रियाशील पत्रकारहरुका हक हितका साथै स्थानीय समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अध्यक्ष भट्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार