अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ (भिडियो)

Maskless woman attacks Uber driver

अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए । यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन् । साथै उनले चालक खड्काको मोबाइल खोस्ने प्रयाससमेत गरेकी थिइन् र उनले लगाएको मास्क खोलिदिएकी थिइन् । चालक खड्काका अनुसार उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्यरुपमा लगाउनुपर्छ ।

आइतबार तीन जना महिला ट्याक्सीमा चढेका थिए । जसमध्ये अरु दुईजनाले मास्क लगाएका थिए तर एक महिलाले भने मास्क लगाएकी थिइनन् । खड्काले नियमअनुसार मास्क लगाउन सुझाए । उनले मास्क आफूसँग नभएको बताएपछि उनले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन (पेट्रोल पम्प) तर्फ मोडे । ग्यास स्टेसन नपुग्दै उनीहरुले खड्कामाथि दुर्व्यवहार गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार