नेकपा महासचिव ‘विप्लव’ ले गरे सरकारी सुरक्षाकर्मी फिर्ता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारी सुरक्षाकर्मी फिर्ता गरेका छन्। सरकारसँग सहमतिपछि फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमान्डमा १० जना प्रहरीले सुरक्षा दिँदै आएका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृह मन्त्रालयको निर्देशनमा सुरक्षाकर्मी खटाएका थिए ।त्यही अनुसार महानगरीय प्रहरी परिसर, काठमाडौंले सुरक्षा दिँदै आएको थियो । सरकारले विप्लवका लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियो।

तर विप्लवले सुरक्षा व्यवस्थामा समस्या नभएको र आफू नेता, कार्यकर्तासँगै रहेको भन्दै सरकारी सुरक्षाकर्मी फिर्ता पठाएका हुन्। गतहप्ता नवलपुरबाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले त्यहीँबाटबाट स्कर्टिङ गर्दै काठमाडौ ल्याएको थियोे । विप्लव अहिले राजनीतिक भेटघाट र संगठनका काममा सक्रिय हुँदै आएका छन् ।

महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहीँबाट सरकारी सुरक्षाकर्मी फिर्ता गरिदिएका हुन् । उनले अहिले आफू जनताबीच रहेकाले सरकारी सुरक्षा जरुरी नरहेको बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार