यी सामान्य गल्तीले बन्दैन तपाईको सिक्स प्याक !

सबैको चाहना हुन्छ कि आफ्नो शरीर आकर्षक होस् !

सिक्स प्याक

सबैको चाहना हुन्छ कि आफ्नो शरीर आकर्षक होस् । फिल्मका हिरोको जस्तो शरीर र सिक्स प्याक एब्स बनाउने चाहनासहित धेरै युवा जीम ज्वाइन गर्छन् । आकर्षक शरीर बनाउनकै लागि जीममा घण्टौ पसिना पनि बगाउँछन् ।

तर पनि सबैले आफ्नो शरीरलाई चाहेको जस्तो आकर्षक बनाउन सक्दैनन् । अर्थात् जीम ज्वाइन गर्दा पनि सिक्स प्याक एब्स बन्दैन ।

हामीमध्ये कतिले बुझेका छौं कि फिल्ममा देखिने हिरोका सिक्स प्याक्स जीममा गएर केही घण्टा वर्कआउट गर्दैमा बनेको हैन । यसका लागि धेरै पसिना बगाउनु पर्ने हुन्छ । साथै सिक्स प्याक एब्सका लागि अलग–अलग प्रकारका एक्सरसाइज पनि गर्नुपर्ने हुन्छ ।

एक्सपर्टको भनाइ मान्ने हो भने आकर्षक शरीरका लागि जीम जानु मात्रै ठूलो कुरा हैन । त्यसका लागि डाइट पनि राम्रो हुनु पर्छ ।

आज हामी बताउँदै छौं कि त्यस्तो के कारण हो, जसले गर्दा जीम जाँदा पनि तपाईंले सिक्स प्याक बनाउन सक्नु भएको छैन,

– जीम जानेमध्ये धेरैले शरीरका पार्टको कसरत वेटसँग गर्छन् । तर हामी यो भुल्छौं कि सिक्स प्याक पाउनका लागि एब्सको पनि एक्सरसाइज गर्नु जरुरी हुन्छ । एब्सका मसल्सलाई पनि वेट ट्रेनिङ आवश्यक पर्छ । तपाईका मसल्सहरु तब मात्रै मोटा हुनेछन् जब हेभी वेट ट्रेनिङ मिल्छ ।

– तपाईंले लोअर एब्सको एक्सरसाइज गर्नुहुन्न भने त्यसले पनि तपाईंको सिक्स प्याक बनाउने चाहनामा बाधा पुर्याइरहेको हुन्छ । यदि सिक्स प्याक बनाउन छ भने लोअर एब एक्सरसाइज गर्नुपर्ने हुन्छ । प्राय केटाहरु जीममा एक्सरसाइज गर्दा आफ्नो लोअर एब्सप्रति ध्यान दिँदैनन् । जसले गर्दा उनीहरु सिक्स प्याक पाउँदैनन् ।

– सजिला आसन र व्यायामले मात्रै तपाईंलाई सिक्स प्याक मिल्दैन । जसका लागि तपाईंले ड्र्यागन फ्ल्याग्स र तुर्किश गेट–अपजस्ता कठिन एक्सरसाइज पनि गर्नुपर्ने हुन्छ ।

– जीममा जाने प्राय केटा कार्डियो एक्सरसाइज गर्न मान्दैनन् । जसका कारण पनि उनीहरुको एब्स बन्न पाउँदैन । कार्डियो जस्तो व्यायामले तपाईंलाई लक्ष्यप्रति केन्द्रित हुन मद्दत पुर्याउँछ ।

– डेडलिफ्ट, बारबैल, पुश–अप्स र चिन–अप्स जस्ता व्यायाम नगर्दा पनि एब्स बन्दैन ।

– सिक्स एप्स बनाउनका लागि डाइटले पनि महत्वपूर्ण भूमिका खेल्छ । तपाईंको डाइटमा ओट्स, चिकन चेस्ट, माछा, अण्डाको सेतो भाग, ब्रोकाली, ग्रीन टी, कफी, सलाद, तातो पानी र मेटाबोलिज्म बढाउने चीज हुनु पर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार