सिरहाको मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा गोइत समूहले लियो

सिरहाको मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा गोइत समूहले लियो

लहान : सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।

विस्फोट भएको केही घन्टापछि नै उक्त मोर्चाका अध्यक्ष गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएको हो। विज्ञप्तिमा तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत कारबाहीस्वरूप विस्फोट गराएको बताइएको छ। भ्रष्टाचार जारी रहे अझ उच्चस्तरको कारबाही गर्ने चेतावनी पनि उक्त विज्ञप्तिमा दिइएको छ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर भएको उक्त विज्ञप्तिमा नेपाली औपनिवेशिक शाशकबाट उन्मुक्ति नहुन्जेल लडिरहने प्रतिबद्धता पनि गरेको छ। सिरहाको मालपोत कार्यालयमा भएको प्रेसरकुकर बम विष्फोटमा परी ८ जना घाइते भएका थिए। उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार