१३ वर्षीया बालिकालाई गर्भवती बनाएको आरोपमा ३३ वर्षीय युवक पक्राउ

१३ वर्षीया बालिकालाई गर्भवती बनाएको आरोपमा ३३ वर्षीय युवक पक्राउ

काठमाडौँ:  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्याङजामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका–७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापा रहेका छन्।

थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार