आलिया भट्टको ‘सीता लूक्स’ सार्वजनिक

आलिया भट्ट

मुम्बई: निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ लाई प्रशंसकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

प्रशंसकहरुको उत्साहजनक प्रतिक्षालाई कम गर्नका लागि अहिले फिल्मबाट आलिया भट्टको लूकलाई सार्वजनिक गरिएको छ । आलियाको जन्मदिनमा उनको उक्त लूक सार्वजनिक गरिएको हो ।

यो फिल्ममा आलियाले सीताको भूमिकामा निर्वाह गरिरहेकी छिन् । उक्त लूक ुापैवसनक गर्ना साथ प्रशंसकहरुको प्रतिक्रिया पनि आउन थालिसकेको छ ।

उा फिल्ममा साउथका सुपरस्टार जूनियर एनटिआर र राम चरण जस्ता दिग्गज कलाकार छन् भने फिल्ममा अभिनेत्री आलिया भट्टको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

आरआरआरमा आलियाको फर्स्ट लूक निकै भव्य छ । आलिया भट्टको फर्स्ट लूक आउनासाथ सामाजिक सञ्जालमा प्रतिक्रियाहरु धेरै आएका छन् ।

उक्र लूक सार्वजनिक भएको भएको १५ मिनेट भित्र ७० हजार भन्दा धेरै मानिसले आलियाको लूकलाई लाइक गरेका छन् । आलिया यो लूकमा उनी भारतीय परप्मरागत गेटअपमा अति नै सुन्दर देखिएकी छिन् । उनी रातो प्रिन्टेड ब्लाउजमा हरियो साडीमा देखिएकी छिन् ।

त्यस्तै नाकमा सानो रिङ, निधारमा टिका, घुम्रिएको कपाल र त्यसमा गजरा लगाएको पारम्परिक झलक प्रस्तुत गरेकी छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार