बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई-लाइब्रेरी जडान गरिँदै 

बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिँदै
बझाङ: जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिने भएको छ । गैरसरकारी संस्था (डब्लूयाफपी )को सहयोगमा साझा शिक्षा ई पाटी नामक संस्थाले उक्त ई लाइब्रेरी जडान गर्न लागेको हो ।
सम्पूर्ण विद्यालयहरूमा ई-लाइब्रेरी जडान गर्न कठिन भएकोले बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई-लाइब्रेरी जडान गरिएको शिक्षा मन्त्रालय अन्तर्गतका निकाय सँग विगत १२ वर्षदेखि काम गरी रहेको संस्था साझा शिक्षा ई-पाटीका सिनियर मेनेजर टिकाराज कार्कीले चैत ३ गते मंगलबार थलारा गाउँपालिकाको शिक्षा शाखामा ई लाइब्रेरी जडान गर्दै जानकारी दिए । उनका अनुसार अहिलेसम्म बझाङका १० वटा स्थानीय तहका शिक्षा शाखामा ई-लाइब्रेरी जडान गरिसकेको र चैत ४ गते बुधवार भित्रै बाकी रहेका २ स्थानीय तह केदारस्युँ गाउँपालिका र बित्थडचिर गाउँपालिकामा जडान गरिने बताए ।
ई-लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने सिनियर मेनेजर कार्कीले बताएका छन् । उनको भनाइमा ई लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामाग्री रहेका छन् । ८ हजार पुस्तक रहेको उक्त लाइब्रेरीमा १५ हजार अडियो र १२ हजार भिडियो सामाग्री सहित ब्रिटिस काउन्सिल लगायतका अभ्यास सामाग्रीहरू राखिएका छन् ।
लोकसेवा कृषि शिक्षा स्वास्थ्य भाषा इतिहास भूगोल मानव अधिकार कम्प्युटर कोर्स धार्मिक ऐतिहासिक क्षेत्रका पुस्तक समेत रहेको उक्त लाइब्रेरीबाट गाउँपालिका कम्पाउन्डबाट निःशुल्क डाउनलोड गर्न सकिने समेत कार्कीले बताएका थियो । संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९ सय ५० ल्यापटप पनि वितरण गरिसकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार